AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चारजना लेखकको संयुक्त पुस्तक बजारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७४, शनिबार २०:२५
3
Shares
विराटनगर, २५ कार्तिक / सजिलो नेपाली व्याकरण बोध तथा अभिव्यक्ति नामक पुस्तक शनिबार विराटनगरमा लोकार्पण गरिएको छ ।

पोखरियास्थित परोपकार अभियान समूहको सभाभवनमा आयोजित एक कार्यक्रमकाबीच मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी, प्राज्ञद्वय दधिराज सुवेदी र विवश पोखरेल, समाजसेवी शिवदत्त उपाध्यायलगायतले पुस्तकको लोकार्पण गरे ।

विद्यार्थीलाई लक्षित गरी प्रकाशन गरिएको पुस्तक चूडामणि ‘अकिञ्चन’, बाबुराम भट्टराई, निर्मला कोइराला र सीता भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । साहित्यिक क्षेत्रमा समेत सक्रिय चारैजना लेखकले माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीका लागि अत्यन्तै उपयोग भएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिशिअ दिलनाथ पुरीले विज्ञ र अनुभवी लेखकहरुद्वारा तयार पारिएको पाठ्यपुस्तक अति उपयुक्त भएको बताए । ‘सामुदायिक विद्यालयका शिक्षकहरु पठनपाठन, अनुसन्धान र खोजमूलक काममा भन्दा अन्य काममा बढी लाग्ने गरेको आरोप छ,” उनले भने, “तर यो पुस्तक प्रकाशन भएपछि आरोपलाई गलत सावित गरिदिएको छ ।” उनले विमोचित पुस्तकलाई पाठ्य सामग्रीका रुपमा कोर्समै समावेश गर्नुपर्नेमा जोड दिए ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विमोचित पुस्तक प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमध्ये सबैभन्दा उत्कृष्ट भएको बताए ।
प्रभात नेपाल, पोखरिया उच्च माविका प्राचार्य खेम भट्टराई, आदर्श उच्च माविका प्रधानाध्यापक दुर्गा चुँडाल, स्रोत व्यक्ति विष्णु लामिछाने, समालोचक कविराज न्यौपाने, वाल्मिकी सेकेण्डरी स्कुलका प्रिन्सिपल सावित्री पराजुलीले विमोचित पुस्तकका विषयमा समीक्षा गरेका थिए । कक्षा ९, १०, ११ र १२ का विद्यार्थीका लागि नयाँ पाठ्यक्रमअनुसार उपयोगी हुने बताए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले ६५ औं प्रकाशन मालाको रूपमा सो पुस्तक प्रकाशन गरेको हो । ३ सय ६२ पृष्ठको पुस्तकको मूल्य ४ सय निर्धारण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर