AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आयोजकलाई हराउदै पथरीशनिश्चरे क्रिकेट फाईनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७४, आईतवार २१:५५
3
Shares
पथरी,२९ असोज / पथरीशनिश्चरे ११ मोरङको पथरीशनिश्चरे वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको फाईनल प्रबेश गरेको छ ।

पथरीले आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दैे फाइनलको यात्रा तय गरेको हो ।
पथरीले दिएको १ सय २८ रनको विजयी लक्ष्य पछ्याएकोे आयोजकले पुरा ओभर खेल्दै ८ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।

आयोजकका लागि विसाल राईले सर्वाधिक अविजित ३७ रन र कप्तान अनिस लुईटेलले १२ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वीरेन्द्रनगरलाई सस्तैमा समेट्नका लागि पथरीशका सुरज न्यौपानले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पथरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार पारेको थियो ।

पथरीशका लागि कप्तान एञ्जल राईले अविजित २९ र फडिन्द्र दाहालले १७ रन बनाए । वीरेन्द्रनगका अनिस लुईटेलले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच पथरीका सुरज न्यौपाने घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने दोश्रो सेमिफाइनल खेलमा रत्न यूथ क्लब पथरी र हसन्दह क्रिकेट क्लब विच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर