विराटनगर/दलहरुविच सहमती जुटाएर संविधान संसोधन हुने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले बताएका छन् । ठूला दलविच एक साताभित्र सहमती खोजेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने उनले बताएका हुन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल एमालेको समेत सहमतिमा संविधान संशोधन हुने जानकारी दिए ।
दलहरूबीच सहमति बनाउन मंसिर ६ गते अपरान्ह प्रत्येक दलबाट ३–३ जना रहने गरी वार्तामा बस्ने सहमति भएको उनको भनाई छ । दलहरु विचको छलफलपछि संशोधनको अन्तिम खाका तयार हुने र संशोधनको प्रस्ताव लगिने उनको भनाई छ ।
नेता पुनले नागरिकता, भाषा, राष्ट्रिय सभामा हुने प्रतिनिधित्वको विषयमा करिव सहमित भइसकेको बताउदै सीमांकनको विषयमा भने छलफल जारी रहेको बताए । उनका अनुसार ७ वा ८ प्रदेशको वरिपरि सहमति जुटाउने प्रयत्न भइरहेको छ । पछिल्ला छलफल सकारात्मक ढंगले अघि बढेका कारण राजनीतिक विस्वासको वातावरण बन्दै गएको उनले बताए ।
कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिने सररकारी निर्णय दिने र लिने निर्णय सम्बन्धित पक्षको नैतिकतामा भर पर्ने बताए । ।नेता पुनले भने, ‘रकम लिने नलिने सम्बन्धित नेताको नैतिकताको प्रश्न हो ’