AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०७४, शनिबार १०:४९
3
Shares
विराटनगर, २४ भदौ / सि.एम.जी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा पूर्वाञ्चल स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

क्बलले विराटनगरमा आज विहान पत्रकार सम्मेलन गरि आउँदो भदौ २९ देखि असोज ७ गतेसम्म विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा शुरु हुने जानकारी गराएको हो ।

विराटनगरमा पहिलो पटक हुन लागेको पूर्वाञ्चल स्तरीय भेट्रान प्रतियोगिताको बिजेता नगद ५१ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३१ हजार सहित ट्रफि प्राप्त गर्ने आयोजक समितिको अध्यक्ष किशोर धमालले जानकारी दिए ।

प्रतियोगिताको दैनिक रुपमा सञ्चालन हुने म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, बेस्ट गोलकिपर ले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भेट्रान टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा ३७ वर्ष पुगेका ४ जना र ४० वर्ष पुगेका बाँकी खेलाडीले खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५लाख १ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर