AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योग संगठनमा श्रद्धाञ्जली सभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७३, बिहीबार १८:२१
3
Shares
२ मंसिर विराटनगर उद्योग संगठन मोरङका पूर्वअध्यक्ष स्वर्गीय महेन्द्र गोल्छाको स्मृतिमा आज उद्योग संगठन मोरङ परिसरमा श्रद्धाञ्जली सभा गरिएको छ ।
कार्यक्रममा सहभागी उद्योग संठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्षद्वय सुयश प्याकुरेल र राजकुमार गोल्छासहित उद्योगी व्यवसायी र स्वर्गीय गोल्छाका परिवारजनले गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गरे । कार्यक्रमका सहभागीहरुले स्वर्गीय गोल्छाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौनधारणसमेत गरेका थिए ।
विराटनगरलाई औद्योगिक हबका रुपमा विकास गर्न गोल्छाको योगदान महत्वपूर्ण रहेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए । स्मृति दिवसको अवसरमा फलफूल र खाद्यान्न वितरणसहित हाजिरीजवाफ प्रतियोगिता र छात्रवृत्ति वितरणलगायतका कार्यक्रम गरिने उद्योग संगठन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर