AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

यन्त्र अखडा, यन्त्र रेसर र यन्त्र स्कूल प्रतियागिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ मंसिर २०७३, बुधबार २०:१७
3
Shares

विराटनगर/ रोबोटिक्स एसोसियसन अफ नेपालको आयोजनामा विराटनगरमा यन्त्र अखडा, यन्त्र रेसर र यन्त्र स्कूल प्रतियागिता सम्पन्न गरेको छ ।

यन्त्र अखडातर्फ पुर्वाञ्चल इन्जिनीरिंग क्याम्पस प्रथम, कान्तिपुर कलेज दोश्रो
र नेप्सा फाईटर तेश्रो भएको थियो भने यन्त्र रेसरतर्फ अरनिको उच्च माध्यमिक बिध्यालय प्रथम, रोबो पुसेट दोश्रो र कोशी सेन्ट जेम्स तेश्रो भएको थियो ।

त्यैगरी यन्त्र स्कुलतर्फ एस ओएस बालश्रम इटहरी प्रथम, श्री जनता माध्यमिक बिध्यालय दोश्रो र महेन्द्र मेमोरिअल उच्च माध्यमिक बिध्यालय तेश्रो भएको थियो ।

प्रतियागितामा यन्त्र अखडा, यन्त्र रेसर र यन्त्र स्कूल गरी ३ विधामा पूर्वाञ्चलका विद्यालय , कलेज तथा इञ्जिनिएरिङ कलेज गरी ३३ ओटा विध्यार्थी समूहको सहभागिता रहेको थियो ।

बिजेताहरुले मंसिर १५ गते काठमाडौंमा हुने अन्तरास्ट्रिय रोबोटिक्स प्रतियोगिता प्रतिस्पर्धा गर्न पाउनेछ । यस संगै यस बर्ष यन्त्रको पाँचौं संस्करण “ यन्त्र ५.० कला, बिज्ञान तथा प्रबिधि महोत्सव २०१६ “ पौष ५ गतेसम्म संचालन हुनेछ।

यन्त्र ५.० “ कृषिमा नबिनता”को नारा दिएर अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता, श्रीजनशील कम्पुटिंग, कला प्रबिधि प्रदर्शनी , यन्त्र लर्निंग, यन्त्र इन्कुबेसन र यन्त्र किड्स आयोजना हुदैंछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर