विराटनगर, २६ श्रावन/विराटनगरको परोपकार घाट र परम विश्रान्ती घाटमा वृक्ष रोपण गरिएको छ ।
राधाकृष्ण रथयात्रा समारोह समितिले साप्ताहिक कार्यक्रम अन्तरगत बिहिवार परोपकार घाट र परम विश्रान्ती स्थलमा वृक्ष रोपण गरेको हो ।
रथयात्रालाई स्वर्ण महत्सवको रुपमा मनाउने तयारी स्वरुप साप्ताहिक कार्यक्रमको दोस्रो दिन दुई वटा घाटमा ६० वटा वृक्ष रोपण गरिएको राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव ओम निरौलाले जानकारी दिए ।
उनका अनुसार परोपकार घाटमा परोपकार अभियान समुहका अध्यक्ष वावुराम न्यौपानेको उपस्थितीमा वृक्ष रोपण गरिएको थियो भने परमविश्रान्ती स्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, प्रहरी उपरिक्षक सन्दिप भण्डारी, वेनीगोपाल मुन्दडा, शुरेश शर्माको उपस्थितीमा वृक्ष रोपण गरिएको थियो ।