RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय खेलकुदमा विराटनगर एभरेष्ट स्कुलकै ८ विद्यार्थी खेलाडीको सहभागिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०८३, शुक्रबार १८:५५
3
Shares
विराटनगर / १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका ८ जना विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन् ।

कर्णाली प्रदेशमा मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगितामा ३२ विधाका खेलहरु समावेश हुनेछन् । ति मध्ये लन टेनिस बाहेकका ३१ विधामा कोशी प्रदेशले सहभागिता जनाएको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । जसमध्ये दुई वटा विधामा मात्रै एभरेष्टका ८ खेलाडी कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागि भएका हुन् ।

कोशी प्रदेशबाट सहभागी हुनुपर्ने पौडीमा १२ जना मध्ये ६ जना एभरेष्ट स्कुलका विद्यार्थी खेलाडी रहेका छन् । पौडीमा राष्ट्रिय प्रतियोगितामा छनौट भएका खेलाडीहरुमा कक्षा ७ का काब्या कार्की र पुरव तिम्सिना छन् । यस्तै कक्षा ६ की आश्ना कटुवाल, कक्षा ९ का रेहान अन्सारी, कक्षा १० का धावा साङ्गे तामाङ र बीआईटीका सम्राट पाठक रहेका छन् । यस्तै कोशी प्रदेशका १० खेलाडीको प्रतिनिधित्व गर्दै एभरेष्टबाट कक्षा १२ का प्रणिता गिरी र सुशान्त मेहताले सहभागिता जनाएका छन् । आफ्ना ८ जना विद्यार्थी राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै छनौट भएकोमा गौरव महशुष गर्दै प्रिन्सिपल टिकाराम पुरीले भने,‘हाम्रो सपना साकार हँदैछ, हरेक क्षेत्रमा विश्वभर प्रतिष्पर्धि हुनुपर्छ ।’ १०औं राष्ट्रिय खेलकुदमा विभिन्न ३२ वटा विधाका खेलकुद प्रतियोगिता भइरहेका छन् । जहाँ कोशी प्रदेशबाट ७७५ जना खेलाडीको सहभागिता रहने छ ।

राष्ट्रिय प्रतियोगितामा सात प्रदेश, तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। सहभागि टोलीहरु मध्ये कोशी प्रदेश उत्कृष्ट हुने खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव विप्लव घोषले विश्वास ब्यक्त गरे । उनले भने,‘विगतका रेकर्ड यस वर्ष कोशी प्रदेशले तोड्छ ।’

२७ गते मंसिर सम्म सञ्चालन हुने प्रतियोगिताको औपचारीक उद्घाटन १६ मंसिरमा भएपनि ८ मंसिर बाट नै स्पर्धाहरु सुरु भइसकेका छन् । प्रतियोगितामा सहभागी हुने टीमहरुमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर