AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गृहमन्त्री सुदन गुरुङमाथि हर्क साम्पाङले उठाए गम्भीर नैतिक प्रश्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०८२, सोमबार ११:५९
3
Shares
विराटनगर / गृहमन्त्री सुदन गुरुङको नाममा पोखराको फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको भनिएको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिपक्ष दलका नेता हर्क साम्पाङले गम्भीर नैतिक प्रश्न उठाएका छन् ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस विषयमा तत्काल पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन र नैतिकताको प्रश्नको जवाफ दिन गृहमन्त्री गुरुङलाई चुनौती दिएका हुन् । फेवातालको अतिक्रमण गरिएको जग्गाका विषयमा सामाजिक सञ्जाल तातिरहेको भन्दै उनले यस गम्भीर सवालको जवाफ नदिए जनताको विश्वास गुम्ने र प्रहरी प्रशासनले समेत टेर्न छाड्ने चेतावनी दिएका छन् ।

अध्इक्ष साम्पाङले गृहमन्त्रीसँगको व्यक्तिगत र पेशागत सम्बन्धलाई प्रष्ट पार्दै आफूले अझैसम्म बधाई नदिएको र त्यसको सट्टा नतिजाको पर्खाइमा रहेको बताएका छन् । उनले ‘हर्क दाइ’ र ‘माननीय गृहमन्त्री’ बीचको सम्बन्धलाई प्रष्ट्याउँदै एउटा प्रतिपक्ष दलको नेताको हैसियतले प्रश्न सोध्नु र टिकाटिप्पणी गर्नु आफ्नो पदीय जिम्मेवारी रहेको उल्लेख गरेका छन् । गृहमन्त्रीले ‘जेन जी’ ९न्भल श्० आन्दोलनका क्रममा २३ गते भएको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा प्रशंसा गर्दै साम्पाङले २४ गतेको घटनाका दोषीहरूलाई पनि तत्काल कानुनी दायरामा ल्याउन विशेष माग गरेका छन् ।

सामाजिक सञ्जालमै अध्यक्ष साम्पाङले बहुचर्चित सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीवी राईलाई पक्राउ गरी ‘रवि दाइ’ लाई न्याय दिनुपर्ने मुद्दालाई पनि पुनः स्मरण गराएका छन् । काम गर्ने क्रममा खुट्टा तान्ने र अपजस आउने कुरा सामान्य भए पनि जग्गा प्रकरण जस्तो नैतिक प्रश्नमा मन्त्री मौन बस्न नहुने उनको तर्क छ । यदि यी गम्भीर सवालको जवाफ नदिने हो भने जनताले विश्वास नगर्ने र भविष्यमा प्रहरीले समेत मन्त्रीको आदेश पालना गर्न छोड्ने तर्फ सचेत गराउँदै उनले यसलाई एउटा दाजुले भाइलाई दिएको सल्लाहको रूपमा लिन आग्रह गरेका छन् । गृहमन्त्रीले यी सबै प्रश्नको उचित सम्बोधन गरी आफ्नो नैतिकता प्रमाणित गरेपछि मात्रै आफूले हृदयदेखि बधाई दिने साम्पाङले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर