AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०८२, शुक्रबार ०९:२७
72
Shares
विराटनगर / विराटनगरको एउटा कोठामा छापा हान्दा प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) २ ग्रामन ९१० मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ स्थित अजयकुमार रायको कोठामा हिजो साँझ प्रहरीले छापा हानेर लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) २ ग्रामन ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षी अजय र मोरङको ग्रामथान गाउँपालिका–६ का २३ वर्षीय निरञ्जन माझी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले छापा हान्दा उक्त पणिरामको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको थियो । कोठाबाट लागुऔषध बरामद भएपछि अजय र उनीसँगै रहेका निरञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ । घटनाको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर