AArya
RUMPUM
animated ellipse animated ellipse

चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः प्रेम देवान चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८२, बिहीबार १७:४२
135
Shares
विराटनगर / चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको अध्यक्षमा पुनः प्रेम देवान सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बिहीबार सम्पन्न अधिवेशनबाट देवान दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले देवानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चुनिएका छन् । त्यसैगरी सचिवमा सन्तोष बास्तोला, सह–सचिवमा सरिता कर्मकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा दीपेन्द्र साह, जुगेस दास, सोनु शर्मा, दीक्ष राजवंशी, सुवास भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आस्मा राठी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष देवानले चलचित्र पत्रकारहरूको हकहितका लागि आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको उच्चतम प्रयोग गर्दै पत्रकारिता पेसालाई नयाँ ढंगले व्यावसायिक रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

यसअघि अधिवेशनको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर