खबर पूर्वाञ्चल
त्रियुगा नगरपालिकाको विभिन्न वडा तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ८३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा गरिएको स्वाब नमूना संकलनमा १४ महिलासहित ८३ जनाको रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका ३ मोतिगडा आसपासका औषधि पसल, किराना पसल, ग्यास पसल तथा दुग्ध डेरी लगायतका व्यवसायीहरुको स्वाब नमूना संकलन गरिएको उनले बताए ।
उदयपुरका गर्भवति तथा सुत्केरी महिलालाई राहत वितरण गरिएको छ । वडा र स्थानिय पालिकासँगको सहकार्यमा ओरेक नेपालले उदयपुरमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हिजोदेखि राहत स्वरुप पौष्टिक आहार वितरण गर्न सुरु गरेको हो । कोभिड १९ को विषम परिस्थितीमा महिलाहरुमा प्रभाव बढी परेको र गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार अति आवश्यक भएकोले पोसिलो खानेकुराको कमी नहोस भनेर राहत वितरण गरिएको छ ।