पूर्वाञ्चल खबर

गत वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी श्रीजी पोखरेलका अभिभावक चन्द्रकुमार पोखरेल र सुमना आचार्य पोखरेललाई विद्यालयले विशेष सम्मान प्रदान गरेको छ। त्यस्तै कक्षा ९ मा अध्ययनरत बहुप्रतिभाशाली विद्यार्थी अनादी ढकालाई ‘स्टुडेन्ट अफ द इयर’ घोषित गर्दै पुरस्कृत गरिएको थियो ।शैक्षिक सत्र ९ बाट १० मा उक्लिँदा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः अनुष्का दाहाल, आविसा कोइराला र श्वेता शर्मालाई पनि सम्मान गरिएको छ । साथै फुटसल, कबड्डी, टेबलटेनिस र टग अफ वारलगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।
दीर्घकालीन सेवाका लागि १९ वर्षदेखि अध्यापनरत शिक्षिका मुना तामाङ र १४ वर्षदेखि प्रशासन शाखामा कार्यरत विनोद निरौलालाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डा। गोविन्द गुरागाईंले पाठ्यक्रमगत अध्ययनसँगै व्यवहारिक र जीवनोपयोगी शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष डा। मनोजकुमार गुप्ताले जेम्सले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा उल्लेखनीय भूमिका खेलेको बताए ।
विसं २०५० सालमा स्थापना भएको जेम्सले २०६२ सालदेखि एसएलसी ९हाल एसईई० परीक्षामा सहभागिता जनाउँदै आएको छ । भाइस प्रिन्सिपल पंकज साहका अनुसार विद्यालयले एसईईमा हालसम्म शतप्रतिशत नतिजा कायम राख्दै आएको छ । हाल करिब ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा करिब ५० जना शिक्षक–कर्मचारी आबद्ध छन् ।