AArya
RUMPUM
animated ellipse animated ellipse

बदलिएर आएको कांग्रेस जनताको अधिकार स्थापित र सुनिश्चित गर्न सक्षम छ : सभापति थापा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०८२, सोमबार १८:४३
54
Shares
विराटनगर / फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन् ।

सभापतिमा निर्वाचित भएपछि पहिलो पटक विराटनगरमा आज आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति थापाले सो कुरा बताएका हुन्।

०८४ को निर्वाचनको तयारी गरिरहेको समयमा त्यसै अगावै निर्वाचन आएको उनले बताए। निर्वाचन अघि कांग्रेसको संरचना परिवर्तन गर्न खोजिएको भन्दै उनले भने,‘ निर्वाचन ०८२ मै आएपछि हामीले पनि त्यसै अनुसार संरचना परिवर्तन गरेका हौं ।’

सभापति थापाले जेनजी आन्दोलनपछि विभिन्न खालका चलखेलहरू भइरहेको बताउँदै एक खालका मानिसहरू जनताको असन्तुष्टिबाट लाभ लिने प्रयत्नमा लागिरहेको बताए । उनले नागरिकको एउटै आह्वान रहेको सुशासनको नेपाल, समान व्यवहार भएको नेपाल बनाउने रहेको बताए।

सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएर आएको स्पष्ट समेत पारे । उनले कांग्रेस कतैबाट आएको नभई बदलिएर आएको बताए । स्वतन्त्रता र समानताको विषय कांग्रेसले जहिलै उठाउँदै आएको उनको भनाइ छ । थापाले भने, ‘बदलिएर आएको कांग्रेस जनताको अधिकार स्थापित र सुनिश्चित गर्न सक्षम रहेको छ ।’

सभापति थापाले काम गर्ने क्रममा केही कमजोरीहरू भएको स्वीकार गर्दै बदलिएको कांग्रेसले कांग्रेसलाई लागेको दागहरू हटाउने बताए । उनले भने, ‘हामी ऐनामा लागेको दाग पुछ्ने नभई अनुहारकै दाग पुछ्न लागेका छौं ।’ सरकारमा टिक्न र निर्वाचन जित्न जोसुकैसँग पनि मिल्न तयार हुँदा समस्या भएको, सरकारमा पुग्नु नै सबैकुरा हो भन्ने सोचले आफ्नो मौलिकता काम गर्दा समस्या भएको बताए ।

चुनाव जित्नु सबैभन्दा ठूलो कुरा हो भनेर लाग्दा समस्या भएको सभापति थापाले बताए। कायरले मात्रै कमजोरी नस्वीकार्ने साहसीले कमजोरी स्वीकार्ने भन्दै आफूहरूबाट विगतमा कमजोरी भएको स्वीकार गरे।

कार्यकर्ता भेलामा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदम्वेलगायतले नेताहरुले बोलेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर