खबर पूर्वाञ्चल
शुक्रबार र आज धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । ग्रसतर्फको उपविजेता पदम हाङ्ग लिम्बू रहे ।
त्यस्तै, प्रतियोगितामा नेटतर्फ सोम गुरूङले प्रथम स्थान, भुवन घिमिरेले दोस्रो स्थान र प्रतापजङ्ग थापाले तेस्रो स्थान प्राप्त गरे ।
महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरूङ्गले उपाधि जित्नु भएको थियो भने नेटतर्फ बिना सापकोटाले दोस्रो स्थान हासिल गरिन ।
त्यस्तै, प्रतियोगितामा सिनियर स्पर्धा अन्तर्गत गणेश जिमीले उपाधि हात पार्दा तुलसीेराम लिम्बूले दोस्रो स्थान हात पारे ।
ह्याण्डीक्याप स्पर्धा तर्फ १ देखि ८ होलतर्फको स्पार्धामा सिद्धान्त सापकोटले प्रथम स्थान, अशोक सिंहले दोस्रो स्थान र श्याम लिम्बूले तेस्रो स्थान प्राप्त गरे ।
त्यस्तै, ह्याण्डीक्याप अन्तर्गतनै होल ९-१६ तर्फ कृष्ण पुनले प्रथम स्थान प्राप्त गर्दा हिरण प्रधानले दोस्रो र श्याम तामाङले तेस्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगितामा लङ्गेष्ट ड्राइभ प्रदिप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइनमा दिपक मगर, मष्ट बर्डिज राम तामाङ्गले जित्न सफल भएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए।
प्रतियोगिताका विजेताहरूलाई अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गरे।
प्रतियोगितामा कोशी प्रदेश काठमाडौँ, पोखरालगायत युके, सिंगापुर, युएईबाट १३० भन्दा बढी एमेच्योर खेलाडीहरूको उपस्थिति रहेको थियो।