AArya
RUMPUM
animated ellipse animated ellipse

किवीबाट बनेको परिकार लिएर कोशी प्रदेशमा लाग्ने हरेक महत्सवमा पुग्छिन पाँचथरकीे जुनुकुमारी लावती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ माघ २०८२, बिहीबार १७:२२
108
Shares
विराटनगर / कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् ।

आजदेखि विराटनगरको हिमालय रोडमा शुरु भएको विराट सडक महत्सवमा लावतीले किवीबाट बनेको परिकार पर्दशनीमा राखिेकी छिन् ।

लावतीको सनम फलफुल प्रशोधन उधोगले किवीबाट बनेको जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि विराट सडक महत्सोवमा पर्दशनमा राखेकी छिन् ।

उनले किवीबाहेक लालीगुराँसबाट बनेको सामाग्रिसमेत पर्दशनमा राखेकी छिन् । मैले प्रदेश १ मा लागेको हरेक महोत्सव तथा एक्पोमा स्थानियले उत्पादन गरेको किवीबाट आफै विभिन्न उत्पादन गरेर महत्सवमा पर्दशनमा राख्ने गरेको बताइन् ।

लावतीलाई श्रीमान बालिन्द्रकुमार राईले समेत साथ दिएर महत्सव तथा एक्सपोमा पुग्ने गर्दछन् । उलने हरेक एक्सपोबाट १ देखि २ लाखसम्म आम्दानी हुने बताएन् । यसको आम्दानीले उनले आप्नोे परिवार पाल्ने गरेको सुनाइन् । लावतीले वर्षमा कोशी प्रदेमा लाग्ने ६–८ वटा महत्सवमा सहभागि हुने गरेकी बताइन् । थाहापाए जति सवैमा जाने गरेको बताइन् ।

लावतीले यस अधि विराटनगरमा सम्पन्न विराट ट्रेड एक्स्पोमा समेत किवीबाट बनेको जुसलगायतले पर्दशनमा राखेकी थिइन् । उनी कोशी प्रदेशभरी लाग्ने महत्सव तथा एक्स्पोमा सनम फलफुल प्रशोधन उधोगमा बनेको समाग्रि पर्दशनमा राख्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर