खबर पूर्वाञ्चल
विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमका अध्यक्षका डा. कार्कीले स्वास्थ्य उपचारका लागि हरेक कुरामा नेपाल अगाडि रहेको बताउँथे । तर आफ्नो शल्यक्रिया भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा गराएका हुन् ।
हरेक प्रकारको उपचार यहि सम्भव रहेको बताउने डा.कार्की यसै मेदान्त अस्पतालमा पुगेर शल्यक्रिया गराएका थिए । उनले त्यहाँ मुटुको ओपन हर्ट सर्जरी गराए । मुटुका तीन भल्वमा समस्या आएपछि उनी हान्निएर दिल्ली पुगेका थिए । नेपाल र आफ्नै हस्पिटलमा शल्यक्रिया गर्न डा. कार्की तयार भएनन् । जानकारहरूका अनुसार नेपालमा ओपन हर्ट सर्जरी हन्ड्रेड पर्सेन्ट सक्सेसु छैन र, डा. कार्की नेपालमा गराउन डराए । यसअघि कार्की कोरोना संक्रमणको बेलामा अन्तिम अवस्थामा पुगेका थिए । उनको काठमाडौंमा उपचार गरिएको थियो ।
भल्व भरिनु र मुटुमा समस्या आउनुको कारण खानपान हो । अनियन्त्रित खानपानका कारण यो समस्या देखिन्छ । शल्यक्रिया पछि डा. कार्कीको स्वास्थ्य अवस्था सुधारोन्मूख छ । अस्पताल निकट सूत्रका अनुसार उनी केही दिन मेदान्तमा आराम गरेर नेपाल फर्किने छन् ।