AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति हुन सक्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०८२, सोमबार १५:३६
81
Shares
विराटनगर / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरु प्रमुख चुनौतिको रुपमा देखिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख माध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पनि निर्वाचनमा असर पार्न सक्ने निर्वाचन आयोगको निश्कर्ष छ ।

भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति निर्वाचनमा हुन सक्ने देखिएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले बताए ।

प्रतिनिधिसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा आयोगका सचिव राउतले सामाजिक सञ्जालबाट समस्या आउन सक्ने देखिएकाले नेपाली सेना, नेपाल प्रहरी, दुरसञ्चार प्राधिकरणको आईटी टिमले निर्वाचन आयोगमै बसेर काम गरिरहेको उनले बताए। सचिव राउतले सामाजिक सञ्जालहरु फेसबुक र एक्ससँग गतल सूचनाहरु सम्प्रेषणहरु रोक्नका लागि आग्रह गरिएको बताए ।

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रम अन्र्तगत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयहरुलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिईसकिएको पनि उहाँले बताउनुभयो । उहाका अनुशार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि वजेट स्वीकृत भईसकेको छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडलले आगामी निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौति देखिएको बताए। निर्वाचनका लागि प्रदेश सुरक्षा कमाण्ड पोष्टका अध्यक्ष समेत रहेका प्रमुख सचिव पौडेलले कोशी प्रदेशको भूगोल, खुल्ला सिमाना, अवैध सवारीसाधनको प्रयोगसँगै सामाजिक सञ्जाल पनि निर्वाचन सुरक्षाको चुनौति बनेको बताए।

प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा आगामी निर्वाचनका लागि १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम गरिएको छ । सवै भन्दा बढी मतदान स्थल मोरङमा ३०६ र सवै भन्दा कम तेर्हथुममा ५६ रहेको छ ।

कोशी प्रदेशको कुल मतदाता ३५ लाख ७४ हजार ३१० रहेका छन् । जसमा महिला १७ लाख ४६ हजार ७३ , पुरुष १८ लाख २८ हजार २१३, अन्य २४ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर