AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजको वादविवादमा स्मृति प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०८२, आईतवार १८:२९
3
Shares
विराटनगर / कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था अरनिको कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १२ की स्मृति आचार्य प्रथम भएकी छिन् ।

‘कृत्रिम बुद्धिमता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ विषयमा आयोजित प्रतियोगितामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दैै विपक्षमा उत्कृष्ट विचार राखेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै समीक्षा पौडेल द्वितीय र विन्जु थापा तृतीय हुँदा मनोस साह चौथो भए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकारसमेत रहेका महेन्द्र मोरङ क्याम्पसका उप–प्राध्यापक विजयहरि खतिवडा सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

कलेजका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प ्राचार्य राजेश कार्की, निर्णायकद्वय नवोदित, खतिवडा, कलेजका अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईलगायतले विजयी विद्यार्थीलाई अविर र खादालगाएर ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा निर्णायक खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा बल पुग्ने विचार राखे ।

निर्णायक नवोदितले अरनिको कलेजले रुची अनुसारका कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई महत्वपूर्ण मञ्च उपलब्ध गराउँदै आएकोमा खुसीव्यक्त गरे । उनले पाठ्यक्रमको अध्ययनले मात्रै विद्यार्थीको भविष्य सुन्दर नहुने बताउँदै व्यवहारिक र सीपमूलक शिक्षामा समेत ध्यान दिनुपर्नेमा जोड दिए । प्राचार्य कार्कीले अरनिको कलेज अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको दाबी गरे ।

कलेजले बेलाबेला कविता, वक्तृत्व, वादविवाद, हाजिरीजवाफ, चित्रकला, गायन, नृत्य प्रतियोगितासमेत आयोजनागर्दै आएको अतिरिक्त क्रियालापका संयोजक विमल भट्टराईले जानकारी दिए । उनले प्याब्सन, हिसानलगायत विभिन्न संघसंस्थाले आयोजना गर्ने खेलकुदसँगै अन्य प्रतियोगितामा समेत कलेजका विद्यार्थीहरु पुरस्कृत हुँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर