AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर स्कुल क्रिकेटमा ग्रिनपिस र सरस्वती अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०८२, आईतवार १८:१०
3
Shares
विराटनगर / ग्रिनपिस स्कुल र सरस्वती स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा विजयी भई अन्तिम आठमा प्रवेश गरेको छ ।

आज नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याड स्कुललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ९२ रनको योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्रिन्स यादवले १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेराज शैखले ३ विकेट लिँदा महमद समिमले पनि ३ विकेट लिए ।

जवाफमा ९३ रनको लक्ष पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ बलमा सवै विकेट गुमाई ५७ रनको झिनो योगफल तयार पारेको थियो । आदर्शका आरिफ रैनले सर्वाधिक १४ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच सुरज मण्डलले सर्वाधक ४ विकेट लिए ।

जवाफमा ५८ रनको झिनो लक्ष पाएको सरस्वतीले ११ दशमलव २ बलमा ४ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले ११ रनको योगदान दिए । आदर्शका धनन्जय सहनीले ३ विकेट दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर