AArya
RUMPUM
animated ellipse animated ellipse

५ औँ विराट सडक महोत्सव माघ १ गते देखि ५ गते सम्म हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०८२, शुक्रबार १८:३५
153
Shares
विराटनगर/ विराट सडक महोत्सवको ५ औँ संस्करण माघ १ गतेबाट सुरु हुने भएको छ ।

विराटनगर महानगरपालिका मुख्य प्रवर्द्धक रहने सडक महोत्सव विराटनगरस्थित हिमालय रोडमा माघ १ गते देखि ५ गते सम्म हुने भएको हो ।

विगतका वर्षमा दशैँको छेको पारेर आयोजना गरिने गरिएको सडक महोत्सव यस पटक माघ १ देखि सुरु हुने आयोजक मंजिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए। ताम्राकारले असोजमा दशैँको छेको पारेर आयोजना गर्ने गरिएको सडक महोत्सव देशमा भएको जेन(जी आन्दोलन र विषम राजनीतिक परिस्थितिका कारणले स्थगन गरेकोले यस वर्षको महोत्सव माघे संक्रान्तिको अवसर पारेर गर्न लागिएको बताए।

ताम्राकारले महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारका स्टलहरू र स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूको स्टल समेत रहने बताए। त्यस्तै, महोत्सवमा हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको संस्कृति कार्यक्रम समेत हुने छ।

महोत्सवले विराटनगरमा विभिन्न जातजातिका परिकारहरू र संस्कृतिक सम्पदाको प्रचार र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको ताम्राकारले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर