खबर पूर्वाञ्चल
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपनि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा डा. कोइरालाले राजनीतिक दलको अध्यक्षलाई उपत्यका नछाड्न भन्दै स्थान हद तोकेर कस्तो निर्वाचन गराउन खोजेको भन्दै प्रश्न गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले स्थानहद तोकेर निर्वाचनको वातावरण नबन्ने बताए।
डा. कोइरालाले भने,‘ चुनाव गराउन सरकार इच्छुक छ की छैन भन्ने चिन्ता लाग्न थालेको छ ।’ जेनजी आन्दोलका क्रममा लुटिएका हतियार र अपराधिहरुको नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको उनले बताए।
नेपाली कांग्रेस फागुन २१ मै निर्वाचन होस् भन्ने पक्षमा रहेका डा.कोइरालाले बताए । तर, सरकारले यसलाई गंभीरता रुपमा नलिएको उनले बताए । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुनेपर्ने पक्षमा आफु रहेपनि थोरै तलमाथि हुन सक्ने उनले बताए । क्रमसंख्या विनाको क्रियाशिल सदस्य फारमका विषयमा पार्टी भित्र विवाद भएकाले क्रमसंख्या विनाको फारमलाई मान्यता नदिन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराईसकेको नेता कोइरालाले बताए।