खबर पूर्वाञ्चल
लागुऔषध कारोबार गर्ने नसिव फार्मेसीमा प्रहरीले आइतबार राति छापा हानी फार्मेसी संचालक दम्पती इटहरी–१२ का ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको हो । लागुऔषध बेचबिखन गर्ने गरिएको सूचनाका आधारमा उक्त फार्मीमा प्रहरीले छापा हाने थियो । लुकाइछिपाइ सिमन्टको बोरामा राखिएको लागुऔषध प्रहरी पुगेपछि सम्झनाले छतमाथिबाट बाहिर फालेकी थिइन् ।
नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमाडोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको छ ।
बोरा प्याक गरेर फाल्दै गरेको अवस्थामा ट्रमाडोल र शयनकक्षमा लुकाएर राखिएको डिकोलिक बरामद भएको जानकारी प्रहरीले दिएको छ । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।