AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको हात्तीमुडामा आँखा शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०८२, शनिबार १८:४७
450
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडा स्थित श्री किसान जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको निशुल्क आँखा शिविरमा २५१ जनाले सेवा लिएका छन्।

जाँचमा ३० जनामा मोतियाबिन्दु देखिएको र तीमध्ये २५ जनालाई शल्यक्रियाका लागि रामलाल गोल्छा आँखा प्रतिष्ठान विराटनगर पठाइएको सहकारीले जनाएको छ।

सहकारीका अध्यक्ष ओपेन्द्रकुमार रायका अनुसार शिविर सञ्चालनमा सञ्चालक समिति, उप–समितिहरू, स्वयंसेवक तथा स्थानीयवासीको सक्रिय सहयोग रहेको थियो। उनले शिविरमार्फत पहिचान गरिएका बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै सहयोगीप्रति आभार व्यक्त गरे। बुढीगंगा -५ को वडा कार्यालयको सहकार्य समेत रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर