AArya
RUMPUM
animated ellipse animated ellipse

अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित चारखोले गोलाई क्षेत्रमा १० मिटर भासियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०८२, शुक्रबार १६:२५
54
Shares
विराटनगर /अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाई क्षेत्रमा कोशी लोकमार्ग भासिएको छ। धरान–धनकुटा खण्डमा पर्ने उक्त स्थानमा सडक भासिँदा यातायातमा आंशिक अवरोध आएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।

सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक पूर्ण रूपमा सुचारु गर्नका लागि आवश्यक पहल गरिरहेको जनाइएको छ ।

प्रहरीले जोखिम बढेकाले ठूला सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने समयसम्म धैर्य गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर