खबर पूर्वाञ्चल
विराटनगर / गणित शिक्षा परिषद् नेपालको कोशी प्रदेशको तेस्रो प्रदेश सम्मेलन भएको छ ।
मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको हो। गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. हिराबहादुर महर्जनको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सभापतित्व कोशी प्रदेश समितिका अध्यक्ष सन्तोष बिष्टले गरे ।कोशी प्रदेशका बिभिन्न जिल्लाका गणित शिक्षकहरुको उपस्थिति रहेको उक्त सम्मेलनमा विद्यावारीधी प्राप्त डा. कुमार सुवेदी र डा. खगेन्द्रप्रसाद लामीछाने तथा प्रदेशका संस्थापक अध्यक्ष जीवनकुमार नेपाललाई गणित शिक्षामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो।
सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र परिषदका मोरङ जिल्ला अध्यक्ष हरि पराजुलीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । परिषदका केन्द्रीय सदस्य घनश्याम अधिकारीले कक्षा ९ र १० को ऐच्छिक गणितको परिवर्तित पाठ्यक्रम, मुल्यांकन र प्रश्नपत्र निर्माणको बारेमा प्रशिक्षण दिएका थिए।
उक्त सम्मेलनले आगामी ३ बर्षको लागि भरत शाक्यको अध्यक्षतामा नँया कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा डा. खगेन्द्रप्रसाद लामिछाने, सचिवमा जनक ढकाल, कोषाध्यक्षमा लोकबहादुर खड्का र सदस्यहरुमा सोमनाथ बराल , रमाकान्त चौधरी निर्वाचित भएका छन्।
नब-निर्वाचित समितिलाई सल्लाहकार समिति अध्यक्ष दण्डपाणि गौतम साथै केन्द्रीय सदस्य घनश्याम अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।