खबर पूर्वाञ्चल
विराटनगर /मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा जना पुरुषको लिंग काटिएको छ ।
महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको लिंग तिनै महिलाले सोमबार साँझ १ काटिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिंग काटिएका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।धारिलो हतियारले प्रहार गरिएका कारण लिंगमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ । घाइते पुरुषको आईसीयूमा उपचार भइरहेको छ । लिंगमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
सुरुमा ती पुरुषलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल रेफर गरिएको हो ।
घाइतेको उपचारका लागि नोबेल पुगेका आफन्तका अनुसार पुरुषको लिंगमा गहिरो चोट छ । ती आफन्तले पुरुषको घर जहदा गाउँपालिका– ३ मा रहेको जानकारी दिए । उनको घरमा श्रीमती र ३ जना सन्तान छन् ।
सोही वडाकी महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । प्रहरीले पाएको जानकारी अनुसार डेरामा बस्दै आएकी महिलालाई भेट्न ती पुरुष बेलाबखत आउने गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।