खबर पूर्वाञ्चल
विराटनगर/अविरल वर्षाका कारण पहिरोमा परी इलाममा २८ जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ । देउमाइमा २, फाकफोकथुपमा १, मान्सेबुङमा ३ माइजोगमाइमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।