खबर पूर्वाञ्चल
बन्दै गरेको शिक्षा ऐनमा भएका केही विषयमा असहमति जनाउदै उक्त विरोध सभा आयोजना गरेको हो।सभाका प्रमुख अतिथि केन्द्रीय सदस्य राजु तिमल्सिनाले बन्दै गरेको शिक्षा ऐनमा विगत बिसौ वर्षदेखि मावी दितिय श्रेणीमा अध्यापनरत शिक्षकलाई त्रितिय श्रेणिमा घटुवा गरिने प्रस्ताव गरिएकोमा घोर अन्याय पूर्ण रहेको बताए।
प्रदेश सचिव सरदचन्द्र दाहालले साविक उच्च मावि र अन्य अस्थायी प्रकृतिका शिक्षकलाई सामाजिक सुरक्षामा लगेर सेवाको पूर्ण ग्यारेन्टी गर्न समेत चेतावनी दिए। अन्यथा ऐन जलाएर आन्दोलनको ऑधिबेरि ल्याउने चेतावनी दिए।
जिल्ला उपाध्यक्ष मणिराज लिम्बुले सरकार र शिक्षक महासंघले पहीले भएका सहमति उल्लंघन गर्न खोजिएको यसो गरिए कडा आन्दोलन गरीने बताए। जिल्ला कोषाध्यक्ष होमनाथ न्यौपाने र निवर्तमान अध्यक्ष कैलाश दाहालले तत्कालीन साविक उच्च मावि शिक्षकलार्इ मावि दितिय श्रेणीको ब्यवस्था गर्नुपर्ने बताए।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष तुलसी खतिवडाले गरेका थिए। उनले शिक्षक महासङले आफूहरुलाई धोका दिएकाले नसच्चिएसम्म सहकार्य नहुने वताए।