AArya
RUMPUM
animated ellipse animated ellipse

शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य छ : प्रदेश साँसद भीम पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०८२, शनिबार १८:०४
54
Shares
विराटनगर / पतंजलि योग महानगर समिति, विराटनगरद्वारा प्रकाशित ‘विराटनगर योग दर्पण’ को आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त दर्पणको विमोचन गरेका हुन् ।

दर्पणमा समितिले वर्षभरि सञ्चालन गरेका विभिन्न योग गतिविधि तथा अभियानहरूलाई समेटिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पराजुलीले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए । ‘यो ‘योग दर्पण’ ले समाजमा योग प्रतिको जागरण ल्याउन ठूलो सहयोग पुग्नेछ । व्यस्त र तनावपूर्ण जीवनशैलीमा योगले मानिसलाई स्वस्थ र सकारात्मक बनाउँछ । यस्ता प्रकाशनले योगलाई घर–घरमा पुर्याउन र यसलाई जीवनशैलीको अंग बनाउन प्रेरित गर्दछ ,’ पराजुलीले भने । उनले स्वस्थ समाज निर्माणका लागि योगलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमकी सभापति तथा पतंजलि योग महानगर समितिकी अध्यक्ष सिल्पा प्याकुरेलले संस्थाले गरेका कामहरूलाई अभिलेखीकरण गर्न र योग साधकहरूलाई प्रोत्साहित गर्न ‘योग दर्पण’ प्रकाशन गरिएको बताइन् । ‘यो दर्पण हाम्रो समितिको ऐना हो, जसले हामीले गरेका सत्कर्महरूलाई प्रतिबिम्बित गर्छ,’ उनले भनिन्, ‘यसले विराटनगरमा योगको विस्तार र यसप्रतिको आकर्षणलाई देखाउँछ । हामी सबैलाई योगको माध्यमबाट निरोगी जीवन जिउन प्रेरित गर्न चाहन्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर