AArya
RUMPUM
animated ellipse animated ellipse

के एम सी र मेरिल्याण्डको सहकार्य शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ असार २०८२, शुक्रबार १४:५८
351
Shares
विराटनगर / विराटनगर –७ स्थीत मेरिल्याण्ड र काठमाण्डौ बागबजार स्थीत के एम सी शैक्षिक संस्थाविच भएको सहकार्य शुरु भएको छ ।

आज के एम सी बागबजारबाट आएका केमेस्ट्री विषयका वरिष्ठ शिक्षक प्रकाश पौडेलले मेरिल्याण्डमा व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई केमेस्ट्रि विषयको आधारभुत शिक्षा तथा कलेज छनौट र भविष्यमा सफलता प्राप्त गर्ने शुत्र बताए । उनले विराटनगरको मेरिल्याण्ड व्यवस्थापन शिक्षामा अब्बल रहेको र अब विज्ञान संकायमा पनि मेरिल्याण्ड अव्वल हुने कुरा मैले यहाँको गतिविधिबाट सजिलै आँकलन गरेको छु ।

विद्यार्थीहरुबाट लिएको प्रतिक्रियामा इटहरीकी सरला अधिकारीले मैले अहिलेसम्म यस्तो सजिलै तरिकाले नयाँ ढङ्गले सबै क्षमताका विद्यार्थीहरुले सजिलै बुझ्ने गरी पढाउने सर स्कुल पढ्दा नदेखेको बताइन । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले यो एकेडेमिक टाइअपले मेरिल्याण्डका विज्ञान तथा व्यवस्थापन दुबै संकायका विद्यार्थीहरुलाई फाइदा हुने बताए ।

मेरिल्याण्ड कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्था मानिन्छ । स्मरण रहोस् मेरिल्याण्डले यसै शैक्षिक सत्रदेखि विज्ञान विषय पनि व्यवस्थित तरिकाले सञ्चालन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर