AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेम संञ्जेलले विराटनगरबाट काठमाण्डौ पठाएको सामान यति एयरलाइन्सबाट चोरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०८२, सोमबार १६:२६
405
Shares
विराटनगर / विराटनगरबाट यति एयरलाइन्समार्फत काठमाण्डौ पठाएको कार्गो चोरी भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

नेपाल सरकारको उपसचिव पदबाट अवकासप्राप्त प्रेमप्रसाद सञ्जेलले १० जेठमा यति एयरमार्फत पठाएको ५० हजार रुपैयाँ मूल्य बराबरको औषधी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुहरूको कार्गो चोरी गर्ने उद्देश्यले कार्टुन फुटाइएको अवस्थामा काठमाण्डौ पुगेको उनले आरोप लगाएका छन् ।

सञ्जेलका अनुसार बिजुलीको तारले कसेर बाँधेको दुईवटा कार्टुन तार काटेर च्यातिएको अवस्थामा काठमाण्डौ पुगेको छ। साधारण कुरियरभन्दा जहाजमा छिटो र सुरक्षित पुग्ने विश्वासमा महँगो ढुवानी शुल्क तिरेर कार्गो पठाएको तर ढिलो पुगेको र कार्टुन च्यातिएको अवस्थामा आफन्तलाई बुझाइएको उनले बताए। यति एयरका कर्मचारीहरूले चोरी गर्ने नियतले तारले बाँधेको कार्टुन समेत फोडेको तर पछि आफ्नो नाम देखेर डरले फेरि मालसामान च्यातिएकै कार्टुनमा राखेर काठमाण्डौ पठाएको उनले बताए ।

यति एयर विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले सुरुमा आफूहरूबाट गल्ती भएको भन्दै माफी मागेर समान बुझाइदिन र घटना बाहिर नल्याउन अनुरोध गरेको सञ्जेलले बताए। तर पछि कुँवरले कार्गो लोड– अनलोड गर्ने क्रममा तानिँदा कागजको कार्टुन च्यातिएको हुनसक्ने बताए।

पूर्व निजामती कर्मचारी सञ्जेलले सुरक्षित एयरपोर्टबाट जहाजमार्फत पठाएको सामानको सुरक्षाबारे प्रश्न उठेकोले नियमनकारी निकायलाई थप सचेत र जिम्मेवार बनाउन घटना सार्वजनिक गरेको बताए। उनले भने, ‘हामी सचेतहरूले पठाएको कार्गोको अवस्था यस्तो हुन्छ भने सर्वसाधारणले पठाएको समानको के होला रु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर