AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ का परीक्ष दिएका ४ सय जना विद्यार्थीलाई भानु कलेजको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०८२, शुक्रबार १८:३९
1.45k
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको भानु कलेजले कक्षा १२ का ४ सय जना विद्यार्थीहरुलाई आज विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थान संकायका १९ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले विदाई गरेको हो । कार्यक्रममा विद्यार्थीले नाचगान गरि उपस्थित अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मनमोहन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्राडा दामोदर थापा, कलेजका प्रिन्सिपल मोहन श्रेष्ठ, कलेजका अतिरिक्त क्रियाकलापको को–अर्डिनेटर देवेश प्रधान कलेजका निर्देशकहरु बसन्त बस्नेत सोम निरौला र कलेजका को–अर्डिनेटर रमेश पाण्डेलगायत शुभकामना दिएर विदाई गरेको थिए ।
कलेज व्यस्थापन समितिका अध्यक्ष महेन्द्र सिटौलाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर