AArya
RUMPUM
animated ellipse animated ellipse

वाइआरसीसीले जित्यो मिल्स कप क्रिकेट प्रतियोगिताको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०८१, शनिबार १९:१०
1.23k
Shares
विराटनगर / विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

उसले आज विराटनगर जुट मिल खेल मैदानमा भएको फाइनल खेलमो भारतको हाइपर फमेन्स पटनाको क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

विजेता वाईआरसीसीले नगद २ लाख १ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । यसअघि तेस्रो संस्करणको प्रतियोगितामा पनि वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई हराएर उपाधि जितेको थियो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पटनाले निर्धारित २० ओभरमा १६ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ रनमा समिति भयो । पटनाका लागि सुदर्शन कुमारले ४६ रन बनाउँदा पुरुषोत्तम कुमारले १६ रन र नन्द किशोरले ११ रन बनाए । वाईआरसीसीका हेमन्त धामीले ३ विकेट लिँदा राम नरेश गिरीले पनि ३ विकेट लिए ।

१ सय २ रनको सामान्य लक्ष्य पछ्याएको वाईआरसीसीले ८ ओभरमा २ विकेट गुमाएर विजय हासिल ग¥यो । वाईआरसीसीका जितमा इमरान शेखले ३२ बलमा ७२ रनको अविजित पारी खेले । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शनका लागि इमरान प्लेयर अफ द फाइनल घोषित भए । पटनाका रेहान दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको वाइआरसीसीका नरेश गिरी प्लेयर अफ द सिरिज घोषित भए । उनले नगद २५ हजार रुपैयाा पाए । उत्कृष्ट बलरमा होराइजनका दिपेश कँडेल र उत्कृष्ट ब्याटरमा पटनाका कुमार श्रेय भए । उनीहरुले जनही नगद १५ हजार पाए ।

विजता हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर