AArya
RUMPUM
animated ellipse animated ellipse

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०८१, शनिबार १६:२७
1.55k
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गरे । कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर अगाडी बढनुपर्ने बताए ।

मारिया किड्स मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावको मन जित्न सफल भएको उनले बताए । मारिया किड्स मन्टेश्वरीले उत्कृष्ट पहिचान बनाउन सफल भएको विद्यालयका अध्यक्ष मदन खतिवडाले बताए ।

किड्स भिलेज स्कुलमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमसारगर रिमाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरिल्याण्डका प्रिन्सिपल लक्ष्मण ढकाल, किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल बिजय दाहाल, म्यानेजिङ डाइरेक्टर पंकज जैन, शिक्षक,कर्मचारी र मारिया किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल मनिष पोखरेल, म्यानेजिङ डाइरेक्टर नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, कोअर्डिनेटर प्रियंका दाहालको उपस्थिति रहेको थियो ।

केही महिना अगाडी विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको थियो ।

अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य किड्स भिलेज स्कुलका प्रिन्सिपल बिजय दाहालले जानकारी दिए ।

किड्स भिलेज २०७० सालमा स्थापना भएको थियो भने मारिया किड्स २०७३ सालमा भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर