खबर पूर्वाञ्चल
विणा फाउण्डेशनद्वारा आयोजित तीन दिने ‘विचार उत्सव’ को आज विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र उर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
हिन्दुहरुको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दुत गौतमबुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरु उतार्न सकियो भने नेपालमा विकास गर्न कुनै समस्या नरहुने भन्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकासकोद्वार पनि धार्मिक पर्यटक रहेको बताए । उनले विचार र नीतिको बहसबाट मुलुकलाई समृद्ध तर्फ लैजान धेरै उपाय निकस्ने दावी गर्दै विचार र राजनीतिक क्षेत्रको अगुवाई गर्ने विराटनगरमा आजको बहसले धेरै उलब्धि हासिल हुने बताए ।
विचार र चेतनाका अग्रनी संस्था वाणी फाउण्डेशले गरेको आजको कार्यक्रमबाट कोशी प्रदेश सरकारलाई पथ प्रदर्शक हुने भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘ आगामी दिन कोशी चतरामा हुने कुम्भ स्नानका लागि लाखौँ श्रद्धालु एवं भक्तालुहरु आउने वातावरण सरकारले निर्माण गर्छन ।’ उनले भने, ‘ सुखी नेपाली र समृद्ध नेपाल’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न मानिस जात, धर्ममा खुम्चिनु हुँदैन ।’
आयोजक संस्थाका अध्यक्ष बरुण झाको अध्यक्षतामा भएको कार्यक्रम भएको हो ।