खबर पूर्वाञ्चल
युवा जागरण संघ नेपाल, विराटनगरले ५० परिवारलाई प्रतिपरिवार १ वटाका दरले कम्बल वितरण गरेको युवा जागरण संघ नेपालका अध्यक्ष भोला यादवले बताए ।
उनीहरुलाई अग्रज डा. केएन ठाकुर, नेकपा एमालेका नेता सागर थापा, संघका अध्यक्ष यादवलगायतले कम्बल हस्तान्तरण गरेका थिए । कम्बल हस्तान्तरण गर्दै एमाले नेता थापाले विराटनगर १८ लाई महानगरले ध्यान नदिएको बताए । उनले विराटनगरको दक्षिणी क्षेत्रको विकास नगरेसम्म विराटनगरको विकास नहुने भन्दै महानगरपालिकाले योजनासहित विकासको खाका कोर्न नसकेको बताए ।