विराटनगर / बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामी सबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा बताए । प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानूनी प्रवन्ध गरी अगाडि वढेको उनले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बाल विवाह निषेध गरिकोमा समेत कतिपय दुर्गमस्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमान रुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने बताए ।
हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारी लगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए ।