खबर पूर्वाञ्चल
प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो प्रदेश अधिवेशनको आज विराटनगरमा आयोजित उदघाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
प्रदेशसभामा छलफलमा रहेको विधेयकमा केही संशोधन सहित पारित गरिने मुख्यमन्त्री कार्कीले बताए । उनले पत्रकारहरूले सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह समेत गरे । तथ्यमा आधारित भएर समाचार सम्प्रेषण नहुँदा कहिलेकाहीँ भ्रम सिर्जना हुने गरेको उनको भनाई छ ।
प्रेस चौतारी कोशीमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले आग्रह गरे । विराटनगरमा शुरू अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा १४० आयोजक र प्रतिनिधि गरि १४० सहभागी छन् ।