विराटनगर / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा निरङ्क्शतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनाका यस क्षेत्रका जनता , दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
प्रगतिशिलि लेखक संघ नेपाल र भूँडीपुराण प्रकाशन काठमाडौद्वारा आज विराटनगरमा आयोजित स्रष्टा तथा कोशी प्रदेशका पूर्व समाविक विकाश मन्त्री जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज ’ पुस्तक कृतिको लोकार्पण गर्दै उनले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेकपा एमाले र एमाले सहित अन्य राजनैतिक शक्तिको योगदान उल्लेखनीय रहेको बताए ।
सभामुख घिमिरेले समाजमा रहेका कुरितलाई निमूल र जातीय विभेद अत्य गरी समाज परिवर्तन गर्ने भूमिकामा प्रगतिशिल लेखक संघ लाग्नुपर्ने बताए । उनले राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजनाको कार्यान्वयनमा गर्ने दिशातर्फ स्रष्टाहरु उन्मुख हुनुपर्ने बताए ।
सभामुख घिमिरेले जनताले बनाएको संविधानले नागरिकलाई सबै अधिकार दिएको छ भन्दै यसको माध्यमबाट समाजलाई अग्रदिशा एवं समृद्धितर्फ हामीसबै लाग्न आग्रह गरे । उनले सङ्घीय लोकतन्त्रमा साहित्यको संरक्षण गरी यसको विकासमा लाग्न लेखकहरुलाई सुझाव दिए ।
नेकपा एमालेकी उपाध्यक्ष एवं वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई वलियो बनाउ इतिहासको भूमिका रहेन बताइन् । उनले अव आफ्नो बाँकी जीवन जनताको समृद्धि र पार्टीको संगठन सुदृढीकरणमा लाग्ने जानकारी दिइन् ।
लेखक एवं एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले प्रजातन्त्र र एवं लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफुसँग सम्बन्ध जोडिएका चार सय पात्रहरुको विवरण पुस्तकमा समावेश गरिएको बताए ।
कार्यक्रममा चन्द्र भण्डारी , निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गरे । सोही अवसरमा सभामुख घिमिरेले एमालेका उपाध्यक्ष शाक्यसहित १२ जना राजनैतिक व्यक्तित्वलाई सम्मान गरे ।