पूर्वाञ्चल खबर
माघ १६ गते स्मृति बोर्डिङ स्कुलमा हुने वादविवाद प्रतियोगितामा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपतिलाई निम्ता गरिएको आयोजकले जनाएको छ । चुडाकवि स्मृति प्रतिष्ठानले विराटनगरमा आज पत्रकार सम्मेलन गरी मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ विद्यालयले सहभागी जनाउन दर्ता भइसकेको र बाँकी विद्यालयहरू गरी ५० बढी विद्यालय प्रतिस्पर्धामा आउने जानकारी दिइएको छ ।
प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउण्डेसनले आयोजना गर्न लागेको जानकारी दिइन् । ‘भौतिक पूर्वाधार विकासकी सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगद सहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले जानकारी दिइन् । ‘प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार पक्ष र विपक्ष गरी ६ जनालाई नै नगद सहित पुरस्कार प्रदान गरिने छ, उनले भनिन्, सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिनेछ ।’
प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ वटा माध्यमिक विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक÷एक जना छात्र र छात्रा सहभागिता जनाउने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।
प्रतिष्ठानका सचिव सागर बरालले वालवालिकाको नेतृत्व क्षमता विकासको लागि पक्ष र विपक्षको विचमा आफ्नो तर्क बलियो बनाउनकोलागि अभ्यस्त बनाउने उदेश्यले वादविवाद प्रतियोगिता गर्न लागिएको बताए । बिगत चार बर्ष देखि हुँदै आएको प्रतियोगितालाई यो बर्ष विशेष बनाउन लागिएको उनको भनाई छ ।
प्रतियोगिताको निर्णायकमा सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्ले लगायत रहने जनाईएको छ।
प्रतिष्ठानले वादविवाद प्रतियोगितासँगै, बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई समेत सम्मान गरिने उपाध्यक्ष मणिराम न्यौपानेले बताए ।