खबर पूर्वाञ्चल
नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको हो ।

र्याली पछि आयोजित कार्यक्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।