खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संचारकर्मीहरुले अझ भूमिका खेल्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । ‘पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा सहरेदार हुन् ,’ मुख्मन्त्री कार्कीले भने । नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डोर्याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई मुख्यमन्त्री कार्कीले अनुरोध गरे । उनले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवम् प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए । यसैगरी केन्द्रीय सदस्य अमर काफ्लले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेलले श्रम ऐन कार्यन्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिए । प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बिनोद घिमिरे( प्रभात), प्रेस चौतारी कोशी प्रदेशका उपाध्यक्ष सुमन पुरी, नेपाल आदीवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष शन्तविर लामालगायतले साधरणसभाको शुभकामना दिएका छन् । कार्यक्रममा १४ जिल्लाका अध्यक्ष तथा प्रदेशका प्रतिनिधिहरूको उपस्थिती रहेको छ ।