AArya
animated ellipse animated ellipse

कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा काशीलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०८०, मंगलवार १५:५५
99
Shares
कर्णली विरुद्ध बलिङ गर्दै कोशी प्रदेशका बलर । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ ।

मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरि ४६ रनको योगदान दिँदा सुजन थपलियाले ३८ रन , समिर कार्कीले २० रन , दिपेश कंडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले २ विकेट लिँदा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ४१ रनको लक्ष्य पाएको कर्णाली १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २ रन बनाएको थियोे । कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोड्दा दिनेश अधिकारीले ११ रन र दिवान पुनले १० रन जोडे । कोशीका म्यान अफ द म्याच दिपेश कंडेलले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर