खबर पूर्वाञ्चल
मुठ्ठी दान कार्यक्रम कोशी प्रदेशसभासद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो। दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको अन्न (चामल ) मठ मन्दिर वा कमजोर आर्थिक अवस्थाका परिवारलाई दिने योजना अनुसार यो कार्यको थालनी गरेको प्रतिष्ठानका सचिव विनोद अधिकारिले बताए । सहभागी अधिकारीहरुले चामल र भेटीसहित संङकल्प गरेर मन्दिरमा दिएका थिए ।
विराटनगर महानगरपालिका भित्र बसोवास गर्दै आएका कश्यप गोत्रीय अधिकारीहरुले गतबर्षदेखि सामुहिक गोठपुजा , सामुहिक रक्षा बन्धन र बनभोज कार्यक्रमको शुरुआत गरेका छन् ।
आफ्नो रितिरिवाजलाइ जगेर्ना गर्दै बन्धु एकता कायम राख्नका लागि बिभिन्न सामाजिक गतिविधिहरु गर्दै अगाडि बढेको कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बिराटनगर महानगर समितिका अध्यक्ष युवराज अधिकारीले बताए ।