खबर पूर्वाञ्चल
६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७/०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट भएको छ । अब बेरुजु फछ्र्यौट हुन ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बाँकी रहेको आज भएको कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशनमा जानकारी गराएको हो ।
कटहरीमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७८/०७९ मा देखिएको छ । आर्थिक वर्षमा १ करोड ८५ लाख ९९ हजार ३३२ रुपैयाँ बेरुजु छ । यसैगरी ०७३/०७४ मा १३ लाख ३७ हजार १२८ रुपैयाँ, ०७४/०७५ मा ७ लाख ४१ ह्जार ५५३ रुपैयाँ, ०७५/०७६ मा १४ लाख ९२ हजार ७ सय ९ रुपैया, ०७६/०७७ मा ३७ लाख ४० हजार ३१९ रुपैयाँ, ०७७/०७८ मा ७९ लाख ४६ हजार ५३५ रुपैयाँ बेरुजु रहेको गाउँपालिकाले गाउँसभामा जानकारी गराएको छ ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी गाउँपालिकाले बेरुजु घटाउन लागि परेको बताए । आर्थिक वर्ष मात्र १० करोड बढी बेरुजु फछ्र्यौट गरिएको उनले बताए । ‘अहिले बाँकी रहेको बेरुजु फछ्र्यौट गर्नको लागि गाउँसभा गरिएको हो । गाउँसभाबाट निर्णाय गरि बेरुजु फछ्र्यौट गर्न हामी लागि पर्नेछौं,’ उनले भने ।