AArya
RUMPUM
animated ellipse animated ellipse

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशले बदल्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०८०, बिहीबार १७:४८
234
Shares
विराटनगर / मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।

झापाको विर्तामोडमा आज आयोजित श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्रीकार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

‘व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकार भित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।’ कोशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हाते मालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्म निर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासकालागि तालिम, प्रविधि हस्तान्तरण, पूँजीलगायत सहयोग गर्छ,’उनले भने, ‘व्यवसायी सरकार भन्ला अल गहो, लुट्छ, कर छल्छ भन्ने बुझाई कोशी सरकारले बदल्छ ।’ यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । ‘हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडालगायतका देशमा महंगो मूल्यमा श्रम बेच्दा सम्मान र खाँडी मुलुकमा श्रम बेच्नेलाई विमान स्थलमा लामलागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?,’उनले भने, ‘यस्तो अपमानित व्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किन कि जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमा जाने पूरानो चलन रहेको सबै जननकार छौं । सबैले बुझ्नु पर्छ ।’

नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘भोटको राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएको नारा दिन राजनीतिक नेतृत्वलगायतका नेताहरूले बन्द गर्नुपर्छ,’उनले भने, ‘नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमान हुने गरि भोटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।’जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् ।

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर