AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट हाजिरिजवाफ प्रतियोगितामा टेस्ला समूह प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०८०, बिहीबार १७:४२
3
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा आज सम्पन्न हाजिरिजवाफ प्रतियोगितामा कक्षा १२ को टेस्ला समूह प्रथम भएको छ ।

छ वटा समूहबिच भएको फाइनल स्पर्धामा कक्षा १२ का सामिप्य रुपाकोटी, रिसभ निरौला र नेहा ढकाल रहेको टेस्ला समूह प्रथम भएको हो । यस्तै कक्षा १२ का सन्देश काफ्ले , कक्षा ११ का आशुदीप खड्का र रबिनुर घिमिरे रहेको प्यासिओली समूह द्धित्तिय भएको छ भने कक्षा ११ का केसिका श्रेष्ठ, शंकर यादव र दुर्गेश मण्डल रहेको फ्रयांकलिन समूह तृतिय भएको विद्यालयकी अतिरिक्त कृयाकलाप ईञ्चार्ज सुधा ढंगोलले बताइन्।

गत बिहिबार कक्षा ११ र १२ को विज्ञान संकायका ६ र व्यवस्थापन संकायका ५ वटा समूबिच भएको प्रतिष्पर्धाबाट छनौट भई ६ वटा समूह फाइनल प्रवेश गरेका थिए । ति समूहबिचमा राष्ट्रिय अन्तर्राष्ट्रिय, मिक्स्डब्याक, स्पोर्ट्स, अडियो भिजुअल र ¥यापिड फायर गरि ६ वटा राउण्डबाट प्रश्न सोधिएको थियो ।

विद्यार्थीको विषयगत ज्ञानसँगै अन्य विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रफुष्टनमा हाजिरिजवाफले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए। उनका अनुसार विजेताहरुलाई एक विशेष कार्यक्रमका बिच पुरस्कार वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर