AArya
RUMPUM
animated ellipse animated ellipse

मञ्चद्धारा विराटनगरमा वृक्षारोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०८०, आईतवार ०९:५१
189
Shares
विराटनगर / विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मञ्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मञ्चले विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो ।

मञ्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू ल्याएर वृक्षारोपण गरेको सचिव अविनाशकुमार निधीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद भीम पराजुली, पूर्व राज्यमन्त्री विजय विश्वास, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष

राजेन्द्रप्रसाद खनाललगायतको उपस्थीति रहेको थियो । विराटनगर ३ को सेल्फी रोडलाई अहिले सौन्दर्यकरणसँगै वातावरण स्वच्छ र हरियाली बनाउन वृक्षारोपण गरेको मञ्चका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए । वृक्षारोपण गरेको विरुवालाई संरक्षण गरेर अगाडी बढनुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर