विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटो फिचर)
खबर पूर्वाञ्चल
२१ भाद्र २०८०, बिहीबार १८:३१
603
Shares
विराटनगरमा निस्किएको ऐतिहासिक राधाकृष्ण रथयात्रा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा रथयात्रा जारी छ । ५५ औं संस्करणको रथयात्राको अपरान्ह ४ बजे तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो ।
मेनरोडबाट अगाडि बढेको रथयात्रा रोडशेस चोक पुगेर कोशी राजमार्गको जनआन्दोलन चोक हुँदै बरगाछीबाट पुनः मन्दिरमा पुगेर समापन हुनेछ । रथयात्रा सुरु हुनुअघि विराटनगरमा जम्मा भएका १३ वटा स्थानीय तहका प्रमुखले दर्शन गरेका थिए । रथयात्रामा हजारौं भक्तजन सहभागी छन् ।
रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ । रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालित भएका छन् भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालन गरिएको छ ।
रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ ।रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ । तस्वीरहरु पुष्पराज थपलिया